Section 103
कट्टी गरी बुझाउनुपर्ने कर बापतको सुरक्षण
(१) अग्रिम कर क्ट्री गर्नुपर्ने व्यक्तिले परिच्छेद-१७ बमोजिम क्ट्री गर्नुपर्ने करलाई अदालतको आदेश वा अन्य कुनै कानून बमोजिम वा अन्य कुनै किसिमले गर्नुपर्ने भुक्तानीलाईभन्दा अग्राधिकार दिनु पर्नेछ ।

(२) अग्रिम कर क्ट्री गर्नुपर्ने व्यक्तिले परिच्छेद-१७ बमोजिम कट्टा गरेको कर सम्बन्धमा देहाय बमोजिम हुनेछ:-

(क) त्यस्तो व्यक्तिले कट्टी गरेको कर र त्यस्तो कर बापत कुनै सम्पत्ति प्राप्त गरेको भए सो समेत नेपाल सरकारको निमित्त रोक्का राखेको मानिने,

(ख) सो कट्टी गरिएको कर रकम त्यस्तो व्यक्तिको क्रण वा दायित्वसँग आबद्ध गर्न नसकिने, र

(ग) त्यस्तो अग्रिम कर क्ट्री गर्ने व्यक्ति टाट पल्टिएको वा विघटन भएको अवस्थामा सो कर कट्टी रकम त्यसरी विघटन भएको वा टाट पल्टेको जेथाको भाग नमानिने र त्यसरी विघटन भई वा टाट पल्टिई भाग लगाउनु पर्दा कट्टी गरिएको कर वा सो सम्पत्ति उपर विभागको पहिलो दाबी रहने ।